Aamsanchar

गर्मी याममा समेत हिमपात

Author Image
शनिवार, असार ८, २०८१

प्रतिकात्मक तस्बिर

काठमाडौं – मंगोलियाको राजधानी उलान बातोरलगायत केही भागमा गर्मी याममा समेत हिमपात भएको छ । बिहीबार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भू–भागमा भारी वर्षा भइरहेको छ ।

शुक्रबार बिहानैदेखि हिमपात भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मंगोलियामा कठोर महाद्वीपीय जलवायु छ । गर्मीमा हिउँ एक दुर्लभ घटना भएको विज्ञहरूले बताएका छन् ।

देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सम्भावित प्रकोपबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)