Aamsanchar

मेक्सिकोद्वारा जमैका १–० गोल अन्तरले पराजित

Author Image
आइतवार, असार ९, २०८१

काठमाडौं- कोपा अमेरिकामा मेक्सिकोले विजयी शुरुवात गरेको छ।

एनआरजी स्टेडियम टेक्सासमा आज विहान भएको खेलमा मेक्सिकोले जमैकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

मेक्सिकोका लागि खेलको ६९औं मिनेटमा गेरार्ड़ो आर्टिगाले गरेको एक मात्र गोल निर्णायक बन्यो।

जितपछि समूह बी मा रहेको मेक्सिकोले ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। आज विहान नै भएको अर्को खेलमा भेनेजुएलाले २–१ को जित निकालेको थियो। प्रतियोगिता अन्तरगत भोलि बिहान अमेरिका र बोलिभिया तथा पानामा र उरुग्वे आमने सामने हुनेछन्।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर