Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
आइतवार, असार ९, २०८१

काठमाडौं – साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ।

आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ रहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२० दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५४ पैसामा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर