Aamsanchar

तेस्रो लिङ्गीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता

Author Image
आइतवार, असार ९, २०८१

काठमाण्डौ – काठमाण्डौको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरूपमा बसोबास गर्ने तेस्रो लिङ्गीलाई मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

तारकेश्वरले तेस्रो लिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरूप आर्थिक वर्ष २०८१र८२ देखि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागेको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रो लिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उहाँको भनाइ छ ।

मेयर महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमूलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर