Aamsanchar

मदाने गाउँपालिकाले एकल पुरुष र महिलाका लागि निर्वाह भत्ता दिने

Author Image
सोमवार, असार १०, २०८१

गुल्मी – मदाने गाउँपालिकाले एकल पुरुष र महिलाका लागि निर्वाह भत्ताको ब्यबस्था गर्ने भएको छ। आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रबहादुर कुँवरले ४५ वर्ष उमेर कटेका पुरुष र ४०वर्ष उमेर कटेका एकल महिलाकाहरुका लागि जीवन निर्वाह भत्ताको व्‍यवस्था गरिएको बताए।

एकल महिला र पुरुषहरु एकल भएको महशुस नगराउन र उहाँहरुको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ।

यस्तै, पालिकाले छोरी बुहारी उच्च शिक्षा कार्यक्रमलाई पनि प्रथामिकता साथ राखेको छ। उनीहरुलाइ उच्च शिक्षा लिनबाट पछाडि नपरुन भन्ने उद्येश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ।

पालिकाले आन्तरिक आय वृद्धि गर्नका लागि करको दायरालाइ फराकिलो बनाउने गरी नीति लिएको छ। युवाहरूलाई खेलप्रतिको मोह बढाउनका लागि एक वडा एक कभर्ड हलको व्‍यवस्था गर्ने गरी पालिकाले नीति लिएको छ।

पछिल्लो समयमा युवाहरु विदेश होइन बिजनेश भन्ने नीतलाई पालिकाले प्राथमिकता दिउको जनाएको छ। युवाहरुलाई स्वदेशमै ब्यबसायीक कृषि र पशुपालनको माध्यमबाट रोजगारी सिर्जना गर्ने र स्वदेशमानै टिकाई राख्नका लागि पालिकाले प्राथमिकता दिएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर