Aamsanchar

आज भारत र अस्ट्रेलिया खेल्ने

Author Image
सोमवार, असार १०, २०८१

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । यो खेल बेलुका सवा ८ बजे सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुनेछ ।

लगातार दुई खेल जितेको भारत समूह ‘एक’ को शीर्ष स्थानमा छ । भारतले अफगानिस्तान र बङ्गलादेशलाई हराएको थियो । अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको थियो भने अफगानिस्तानसँग हारेको थियो ।

आज भारतलाई जितेमा अस्ट्रेलिया पनि सेमिफाइनलमा पुग्नेछ । तर आज भारतसँग हारेमा भने भोलि बङ्गलादेश र अफगानिस्तानको खेलको नतिजा कुर्नुपर्नेछ । आज अस्ट्रेलिया भारतसँग हारेमा र भोलि अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ । तर भोलि बङ्गलादेशले अफगानिस्तानलाई हराएमा भने अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गर्नेछ ।

यसअघि समूह ‘दुई’ बाट इङ्गल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् । आज बिहान आयोजक वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर