Aamsanchar

अष्ट्रेलिया विरुद्ध भारतको २०६ रन

Author Image
सोमवार, असार १०, २०८१

जारी टी–२० विश्वकप अन्तर्गतको सुपर ८ को खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङको निम्तो दिएपछि भारतले ब्याटिङ गरेको थियो।

कप्तान रोहित शर्माको शानदार ब्याटिङको मद्दतपाएपछि भारतले अस्ट्रेलियासामु २ सय ६ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो।

भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको हो।

रोहितले मात्र ४१ बलमा ९२ रन जोडे। मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे।

भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन। दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए।त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए। पन्त १५ रन बनाएर आउट भए।

त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे। यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै शिकार बने। उनले ३ चौका र २ छक्का प्रहार गरे।

शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए। हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। मार्कस स्टोइनिसले पनि २ विकेट लिए। तर, उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए। जोस हेजलवुडले एक विकेट हात पारे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर