Aamsanchar

दाङमा चट्याङ लागेर १० बर्षीय बालकको मृ*त्यु

Author Image
मङ्गलवार, असार ११, २०८१

काठमाडौं – दाङमा चट्याङ लागेर १० बर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी सुवास विकको मृत्यु भएको हो।

सोमबार साँझ ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए।

चट्याङ लागेर घाइते भएका विकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर