Aamsanchar

युएईमा सम्मान एवं “मनै भरिन्छ“ गीत लोकार्पण 

Author Image
मङ्गलवार, असार ११, २०८१

अबुधाबी ।  युएईको अबुधाबीमा विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा सम्मान एवं  “मनै भरिन्छ“ बोलको गीत लोकार्पण गरिएको छ । एआरएनए युएईका अध्यक्ष विकास शाहीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा भवानी नेपाल, सरस्वती पौडेल र सोनी भण्डारीलाई सम्मान गरिएको हो ।

हिजो लोकार्पण गरिएको “मनै भरिन्छ” गीतमा सोनी भण्डारीको स्वर, शब्द, लय र कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ ।
सोनीले स्वर्गारोहण भएकी आफ्नी आमाले आफ्नो लागि गरेको दुःखलाई सम्झेर आफूले गीत बनाएको बताइन् । सामाजिक सेवामा समर्पित सोनी अन्तर्राष्ट्रिय नेपाली समाज तथा नेपाली रक्तदाता संघ युएईको उपाध्यक्ष र ताप्लेजुङ समाज युएईकी पूर्वअध्यक्ष हुन् ।

सम्मानित व्यक्तित्व अन्तराष्ट्रिय नेपाली समाज युएईको महासचिव, कवि एवं व्यवसायी भवानी नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानले २०८१ को कविता प्रतियोगिताको २५ औं स्थान भित्र छनौट भएको “अङ्क दुई” वाचन गरेका थिए । कवि भवानीले आफ्नो सृजनाले २५ औं स्थानसम्म पुग्नुले आफू  विजेता जस्तै भएको महसुस गरेको बताए ।

यसैगरी सम्मानित व्यक्तित्व सरस्वती पौडेलले आफू सामान्य परिवारमा हुर्केको र निकै संघर्ष गरेर यहाँसम्म आइपुगेको बताउँदै उनले विगतलाई सम्झदै सुत्केरी अवस्थामा गाह्रो हुँदा श्रीमान आफन्त सँग पैसा सापटी माग्दा खाली हात फर्किनु परेको र श्रीमानले पैसा खोज्न गएको तर पाइन भन्ने शब्द र श्रीमानको मलिन अनुहारले आफूलाई सुत्केरी बेदना भन्दा बढी पिँडा दिएको बताउँदै सो बेला अब उपरान्त कसैकोमा हात थाप्न नपरोस् भनी गरेको संकल्प पूरा गरेको भन्दै खुसी व्यक्त गर्दै भनिन ‘छोरीको पढाई खर्च पुर्याउन श्रीमानसँग सल्लाह गरेर यूएई आएर पार्लर काम गरेको तिन वर्षपछि आफ्नै पेशा शुरु गरेँ र पछिल्लो समय फरक क्षेत्रमा ९ग्यारेजम व्यवसाय०मा लगानी गरेको छु । सरस्वतीले यो सम्मानले अझै जिम्मेवारी थपिएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए युएईका अध्यक्ष विकास शाहीले सम्मानित सबैलाई धन्यबाद दिँदै सम्मानित महिलाहरूलाई यो समाजको मार्गदर्शक बन्न आग्रह गर्दै अफ्ठेरो परिस्थितिमा आफूले सहयोग गर्ने बताए ।

अन्तर्राष्ट्रिय नेपाली समाज युएई, झापाली समाज युएई, सुनसरी समाज युएई, ताप्लेजुङ समाज युएई, ओखलढुंगा समाज युएई तथा अन्तर्राष्ट्रिय सेफ सोसाइटी युएईले संयुक्त रुपमा गरेको सम्मान कार्यक्रमको संयोजन पत्रकार महासंघ युएईका प्रतिनिधि राम ढुङ्गेलले गरेका थिए । वेस्ट बर्गर रेस्टुरेन्ट अबुधाबीमा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार महासङ्घका प्रतिनिधि, व्यवसायी लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर