Aamsanchar

खाेलाले बगाउँदा मोरङमा विद्यालय जाँदै गरेका ११ वर्षीय बालककाे ज्यान गयाे

Author Image
मङ्गलवार, असार ११, २०८१

झापा – मोरङमा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।

केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्यामलाई आज विद्यालय जाने क्रममा गोविने खोलाले बगाएको हो । उनको शव केही तल भेटिएको छ । श्याम जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा गए रातिदेखि ठूलो पानी परिरहेको छ । बाढी सूचना केन्द्रले मोरङको बूढी खोलाको बाढीले सतर्कता तह पार गरेको भन्दै चेतावनी पनि जारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर