Aamsanchar

एसइईको नतिजा भोलि मात्रै सार्वजनिक गरिने

Author Image
बुधवार, असार १२, २०८१

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि(बिहिबार)मात्रै सार्वजनिक गर्ने जनाएको छ।

आजै नतिजा प्रकाशित गर्ने भने पनि आन्तरिक तयारी नसकिएकाले भोलि मात्रै सार्वजनिक गर्ने निर्णय भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले जानकारी दिए।

आज बोर्ड बैठक बसेको थियो। ‘आजै नतिजा प्रकाशन गर्ने तयारी भए पनि आन्तरिक तयारी सकिएन,सबै काम सक्दा राति हुने भयो,त्यसैले भोलि मात्रै नतिजा सार्वजनिक हुन्छ,’उनले भने। उनले भोलि बिहान ७ बजे बोर्ड बैठक बोलाएको र करिब ९ बजे नतिजा प्रकाशित हुने जानकारी दिए।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर