![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/InShot_20240702_103638694.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
काठमाण्डौ – सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरमा सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार छुट्ने गाडी ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माका अनुसार सडक खुलाउने प्रयास गरे पनि ठूलो पानी परेका कारण समस्या भैरहेको छ ।
करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा सम्पर्क बिच्छेद भएको बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 10