Aamsanchar

दुई वटा पाउरोटी उद्योगमा प्रशासनले लगायाे ताला

Author Image
मङ्गलवार, असार १८, २०८१

फिदिम-पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेका दुई वटा पाउरोटी उद्योगमा जिल्ला प्रशासन कार्यालय पाँचथरले ताला लगाएको छ।

फिदिम नगरपालिका, जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधि सहित अनुगमनमा निस्केका प्रशासनका कर्मचारीले मंगलबार दुई उद्योगमा ताला लगाएका हुन्। फिदिम १ को पुरानो मालपोत लाइनमा सञ्चालित फिदिम डुनट भुजिया तथा पाउरोटी उद्योग र फिदिम १ स्थित कृषि ज्ञान केन्द्र पाँचथर नजिकै रहेको ओम साइ पाउरोटी उद्योगमा ताला लागेको हो।

फिदिम डुनट भुजिया पाउरोटी उद्योग इजाजत नलिई सञ्चालनमा भएको खुलेपछि ताला लागेको हो। यता ओमसाइ पाउरोटी उद्योगले भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुग्रह पत्र लिन बाँकी रहेको अनुगमनमा निस्कनु भएका जिल्ला प्रशासन कार्यालय पाँचथरका नायब सुब्बा सुरेश अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार फिदिम डुनट भुजिया उद्योग पाँचथर उद्योग वाणिज्य सङ्घमा दर्ता भए पनि उद्योग सञ्चालनका लागि फिदिम नगरपालिका र घरेलु तथा साना उद्योगबाट इजाजत लिएको थिएन। उक्त उद्योग भारतीय नागरिक मुहम्मह नसिवुलले सञ्चालन गर्दै आउनुभएको थियो।

यता ओमसाइ पाउरोटी उद्योग भने दर्ता र करको दायरामै रहेको थियो। अनुग्रह पत्र लिने निश्चित समय नदिई आफूमाथि अन्याय गरेको उक्त उद्योगका सञ्चालक सरस्वती पराजुलीले बताउनुभयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)