

काठमाडौं – प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । शिवाकोटी २४ जेठमा पक्राउ परेका थिए ।
उनी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

Views: 87


