Aamsanchar

यस्ताे रह्याे आज नेप्से परिसूचक

Author Image
बिहिवार, असार २०, २०८१

काठमाडौँ – यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ।

आज नेप्से परिसूचक १५ दशमलव ४६ अंकले बढेर २ हजार ११९ दशमलव ६९ अंकमा कायम भएको हो।

आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपैयाँ बराबरको कारोबार भएको छ।

आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३ दशमलव ४३ प्रतिशतले बढेको छ।

बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन १ दशमलव ७५, जलविद्युत् शून्य दशमलव २२, लगानी १ दशमलव ८९ र जीवन बीमा १ दशमलव ९७ प्रतिशतले बढेको छ।

त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बीमा शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४ दशमलव ७५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३० करोड ९ लाख ४ हजार ६९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एशिया ब्यालेन्स फण्डको ३५ लाख १ हजार २ सय कित्ता शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर