Aamsanchar

गृहमन्त्रीको निलम्बन मागिएको रिटमा आदेश तयार हुँदै

Author Image
बिहिवार, असार २०, २०८१

काठमाडौं –गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमाथिको सुनुवाइ सकिएको छ । यही असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको मुद्दा त्यसयता हेर्दाहेर्दैमा राखेर सुनुवाइ भएको थियो ।

मंगलबार जवाफी बहस सुरु भएको रिट बुधबार न्यायाधीश मल्ल संवैधानिक इजलासमा बस्ने भएपछि पेसी स्थगित भएको थियो । बुधबार स्थगित भएको पेसी बिहीबारलाई तोकिएपछि जवाफी बहस सकिएको छ ।

बसह सकिएसँगै न्यायाधीशहरू आदेशको गृहकार्यमा जुटेको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।सर्वोच्चले यसअघि सर्वोच्चको आदेशबाटै कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाइसकिएको छ । न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा अन्तिम परेको रिटमा पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर सुनुवाइ प्रभावित भएको थियो ।

संघीय संसद्‌मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनको माग गरेपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ ।

कांग्रेसले उठाएको प्रश्नबाट उन्मुक्ति लिनकै लागि लामिछानेले महान्यायाधिवक्ताको कार्यालयबाट कतै पनि उजुरी र अभियोजन नभएको पत्र लिएको आरोप लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड`ले संसद्‌मै लामिछाने निर्दोष रहेको बताएका थिए ।

लामिछानेविरुद्ध पोखराको सहारा सहकारीपीडितले दर्ता गराएको उजुरीलाई लामिछानेले पूरक उजुरी र ठाडो उजुरीमात्र भएको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर