Aamsanchar

नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्ल्याम टेनिसको तेस्रो चरणमा प्रवेश

Author Image
शुक्रवार, असार २१, २०८१

काठमाडौं – सर्भियन टेनिस स्टार नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्ल्याम टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।

सेन्टर कोर्ट लन्डनमा सम्पन्न खेलमा जोकोभिचले ज्याकोब फर्ननलेसँग चार सेटको सङ्घर्षपूर्ण जित हात पारे। ​

जोकोभिचले सुरुवाती २ सेटमा क्रमशः ६–३ र ६–४ ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेटमा ५–७ ले पछि परे। प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा ७–५ ले बाजी मारेपछि जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका हुन्।​

वाइल्डकार्ड मार्फत प्रतियोगितामा सहभागी विश्व नम्बर २ सय ७७ ब्रिटिस खेलाडी जोकोभिचविरुद्ध कडा चुनौती प्रस्तुत गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन्।

फ्रेन्च ओपनका दौरान चोलग्रस्त बनेपछि घुँडाको शल्यक्रिया गराएका जोकोभिचको फिटनेसले पनि खेलका दौरान उनलाई समस्यामा पारिरेको थियो।

अब जोकोभिचले तेस्रो चरणमा अस्ट्रेलियाका एलेक्सी पोपिरिनको सानमा गर्ने छन्। अर्को खेलमा पोल्यान्डका सातौँ वरियता प्राप्त हृयुबर्ट हुर्काजले फ्रान्सका २० वर्षीय आर्थर फिल्सलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर