Aamsanchar

आँप उत्पादन  घट्यो

Author Image
शुक्रवार, असार २१, २०८१

सुनसरी – जिल्लामा यो वर्ष उत्पादनमा कमी आउँदा आँपको मूल्य बढेको छ। हुरीबतास र कीराले क्षति पुर्‍याएका कारण गत वर्षका तुलनामा यो वर्ष आँप उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए।

‘किराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यो वर्ष उत्पादन कम भएको हो। उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ’, उनले भने, ‘खुद्रा प्रतिकेजी ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी रु ८० देखि १०० रुपैयाँसम्म पुगेको छ।

केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार १२४ हेक्टर क्षेत्रफलमा सात हजार १८६ मेट्रिक टन आँप उत्पादन भएको छ। गत वर्ष एक हजार १२४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो।

जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन्। अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ।

जिल्लामा किसानले व्यावसायिक रूपमा आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले जानकारी दिए। एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर