Aamsanchar

रुख ढल्दा गाउँपालिका कार्यालय भवनसहित अर्को एउटा घर पूर्णरूपमा क्षतिग्रस्त

Author Image
शुक्रवार, असार २१, २०८१

सोलुखुम्बु – रुख ढल्दा खुम्बु पासाङल्हामु गाउँपालिकाको कार्यालय भवन क्षति भएको छ । हिजो बेलुका कार्यालय नजिकै रहेको खस्रु जातको रुख ढल्दा वडा नम्बर ३ मा रहेको गाउँपालिका कार्यालय भवनसहित अर्को एउटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पालिकाले भाडामा लिएर सेवा प्रवाह गर्दै आएको स्थानीय ल्हाक्पा दिकी शेर्पाको ढुङ्गा माटोले बनेको तथा टिनको छानो भएको तीन तले घर र नजिकै रहेको निमा वाङ्छु शेर्पाको ढुङ्गा माटोले बनेको दुई तले घरसहित ग्लाली र शौचालयमा पूर्ण क्षति भएको हो । रुख आफैँ मक्किएर ढल्दा भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर