Aamsanchar

रिडी–पुर्तिघाट सडक खण्ड अवरुद्ध

Author Image
शुक्रवार, असार २१, २०८१

गुल्मी – वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पुर्तिघाट सडक खण्ड अवरुद्ध बनेको छ । कालीगण्डकी गाउँपालिकाअन्तर्गत भुर्तुङ् र वडा नम्बर ३ को मुल्कामा गएरातिदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ ।

गएराति सडक माथिबाट पहिरो खसेपछि यो सडक अवरुद्ध बनेको हो । लगातार वर्षा भइरहेका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी पोख्रेलले बताउनुभयो ।

त्यसैगरी वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको तम्घास-रिडी सडक भने सञ्चालनमा आएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत कालीका मोड र छत्रकोट गाउपालिकाअन्तर्गत श्रृङ्गा र गुल्मीदरबार गाउँपालिकाअन्तर्गत बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक पालिका र निर्माण व्यवसायीको पहलमा सञ्चालन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर