Aamsanchar

क्यानद्वारा महिला राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी बेगमलाई निलम्बन

Author Image
शुक्रवार, असार २१, २०८१

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गरेको छ।

महिला टी-२० एशिया कपको बन्द प्रशिक्षणका दौरान राष्ट्रिय महिला टोलीका टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेको आरोपमा क्यानले बेगमलाई निलम्बन गरेको हो।

बिहीवार र शुक्रवार बसेको क्यान केन्द्रीय समितिको बैठकले बेगममाथि थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।

यही साउन ४ गते ९जुलाई १९० देखि साउन १३ गते (जुलाई २८) सम्म श्रीलंकामा आयोजन हुने एशिया कप टी-२० क्रिकेट प्रतियोगितालाई मध्यनजर गरी अहिले राजधानी काठमाडौँमा बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर