Aamsanchar

जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएको दुईजनाको श*व फेला

Author Image
शनिवार, असार २२, २०८१


काठमाडौं – सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएको दुईजनाको शव फेला परेको छ।

बर्दियाको बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

भोटेकोशी गाउँपालिका-४ मा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा खस्दा उनीहरू च्यापिएका थिए। शुक्रबार नै सातजनाको सकुशल उद्धार गएिको थियो।

कामदारले भने आयोजना प्रमुखको लापरबाहीले घटना भएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर