Aamsanchar

धनकुटामा ८ प्रतिशत मात्रै धान रोपाइँ

Author Image
आइतवार, असार २३, २०८१

धनकुटा-धनकुटामा ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । बेलैमा पर्याप्त वर्षा नभएका कारण धनकुटामा ढिलो गरी रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र धनकुटाका केन्द्र प्रमुख नगेन्द्र रानामगरले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका माथिल्लो क्षेत्रमा केही रोपाइँ भएको छ । तल्लो क्षेत्रमा रोपाइँ हुने चरणमा रहेको पाइएको छ ।

केन्द्रको तथ्याङ्कका अनुसार धनकुटामा ४ हजार ९३८ दशमलव ८९ हेक्टर धान खेती हुने क्षेत्रफल रहेकोमा हालसम्म ८८९ हेक्टर क्षेत्रफल मात्र रोपाइँ भएको छ । अधिकांश ठाउँमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले धानखेती समयमा हुन नसकेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर