Aamsanchar

कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा एक बालक बेपत्ता

Author Image
सोमवार, असार २४, २०८१

इनरुवा-सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपत्ता भएका छन् । कोशी ब्यारेज पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।

स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता हुनुभएको छ ।

सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले कोशीको सप्तरी खण्डको पुलमा घटना भएको जानकारी दिनुहुँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर