Aamsanchar

नेप्से परिसूचक घट्यो

Author Image
सोमवार, असार २४, २०८१

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक आज ४ दशमलव ६२ अंकले घटेर २ हजार १३६ दशमलव ३५ को अंकमा कायम भएको हो।

आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर ५९ हजार ९७४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ।

वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ।

लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ६८ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ८ दशमलव ३९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ७० लाख ८० हजार ९३५ रुपैयाँ बराबरको ३ लाख ९० हजार २०५ कित्ता शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर