Aamsanchar

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति

Author Image
मङ्गलवार, असार २५, २०८१


रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत हुुनुभएको हो ।

दुई दिने भ्रमणका लागि मोदी हिजो रुस पुग्नुभएको हो । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गर्नुभएको थियो । छलफलका क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाउनुभएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस्तै दुई नेताबीच आपसी व्यापारका बिषयमा पनि छलफल भएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीले पहिलो पटक रुस भ्रमण गर्नुभएको हो । रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो ।

पश्चिमा देशले रुसलाई प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताकाबीच भारतीय प्रधानमन्त्रीले रुस भ्रमण गर्नुलाई विश्व जगतमा चासोका साथ हेरिएको छ । रुस भ्रमण सकेर मोदी आज अष्ट्रिया प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)