Aamsanchar

फ्रान्सलाई पन्छाउँदै स्पेन फाइनलमा

Author Image
मङ्गलवार, असार २५, २०८१

तस्बिर : रोयटर्स

एजेन्सी ।  स्पेनले युरो २०२४ मा मंगलबार फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो । अब फाइनलमा स्पेनले इंग्ल्यान्ड अथवा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी बने । उनी १६ वर्षका मात्र रहेका छन् । म्युनिकमा भएको खेलमा स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो ।

फ्रान्सले रान्डल कोलो मोनीको हेडबाट नवौं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसका लागि केयलिन एमबापेले पास उपलब्ध गराएका थिए । त्यसपछि स्पेनले चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।

आइतबार हुने फाइनलमा १७ वर्षका हुने यामलले २१ औं मिनेटमा उत्कृष्ट गोलको मदतले खेल बराबरीमा ल्याए । स्पेनले २५ औं मिनेटमा अग्रता लिएको थियो । यो भने डानी ओल्मोको नाममा रह्यो ।

उनको प्रहार जुलेस कोन्डेसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । तीन पल्टको च्याम्पियन स्पेन युरो इतिहासमै लगातार ट खेल जित्ने पहिलो टिम बनेको छ र अब चौथो उपाधिबाट एकै खेल मात्र टाढा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर