Aamsanchar

बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता

Author Image
बुधवार, असार २६, २०८१

प्रतिकात्मक तस्बिर

तनहुँ – तनहुँमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता हुनुभएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भइरहेको बताउनुभयो ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनारमा भीड लाग्ने गर्छ । प्रहरीले बाढीका बेला मानिस नै बग्ने र ज्यानैसमेत जाने जोखिम हुने भएकाले बाढी आएका बेला दाउरा निकाल्ने, माछा छोप्नेजस्ता काम नगर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर