Aamsanchar

गेस्ट हाउसमा बालिकाहरूलाई यौ*न क्रियाकलापमा लगाएको अभियोगमा दुई जना प*क्राउ

Author Image
बुधवार, असार २६, २०८१

काठमाण्डौ – नाबालिगहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पक्राउ गरेको छ ।

टोलीले सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।

सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारेर गेस्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ ।

Views: 82

प्रतिक्रिया (०)