Aamsanchar

युवा उद्यमी मञ्च झापा शाखाको पहिलो वार्षिक साधारण सभा सम्पन्न

Author Image
बिहिवार, असार २७, २०८१


बिर्तामोड – नेपाल युवा उद्यमी मञ्च झापा शाखाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष प्रवेश बस्नेतको अध्यक्षतामा आयोजित साधारणसभाले एक वर्षे कार्यकालको समिक्षा गर्दै नयाँ कार्यसमिति पनि चयन गरेको छ । हिजो (बुधबार) मेचीनगर स्थित एक होटलमा सभा आयोजना भएको थियो । उक्त सभाको बन्दसत्रबाट निर्वाचन प्रक्रियाबाट सर्वसम्वत कार्यसमिति चयन गरिएको निर्वाचन संयोजक राजेन्द्र चौलागाईले जानकारी दिए ।
मञ्को नया कार्यासमिति अध्यक्षमा डाक्टर रुपेशजंग बेलबासे निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष प्रवेश बस्नेत, प्रथम उपाध्यक्ष गणेश पौडेल, द्वतिय उपाध्यक्ष मिजास पोखरेल, सचिव अतिथि ढुंगाना, कोषाध्यक्ष सुमन चौधरी निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारी सदसयहरुमा जस्मिन श्रेष्ठ, विशाल नेम्वाङ, विकाश अग्रवाल, मनिस साहेवाला निर्वाचित भएका छन् । आमन्त्रित सदस्यमा बरदान बस्नेत र डाक्टर आशिष शर्मालाई चयन गरिएको छ चौलागाईले आमसंचारलाई बताए ।
निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा युवा उद्यमी गाणपति वेकर्सका सञ्चालक राजु ढकाललाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बास्तोला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, मञ्चका निवर्तमान केन्द्रिय सदस्य रितेश लामिछाने, महिला उद्यमी संघ झापाकी अध्यक्ष शुष्मा पौडेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सदस्य टीकाराम खतिवडा र आयुष बजगाईले गरेका थिए ।
सन् २००३ मा स्थापना भएको मञ्चको हाल सम्म सातवटै प्रदेशमा गरेर १३ वटा शाखा रहेको छ । झापामा हाल ५१ जना सदस्यहरु रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवा र कम्पनी सञ्चालकले मात्र मञ्चको सदस्यता प्राप्त गर्नसक्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर