

काठमाडौं – चीनको सिचुवान प्रान्तको शाङडोङस्थित एउटा १४ तले सपिङ सेन्टरमा बुधबार साँझ आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

३० जनालाई भने त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो । उद्धार अपरेसन रातभरीमा पूरा गरिएको जनाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त भवनमा निर्माणको कार्यसमेत भइरहेको थियो ।


चीनको सरकारी मिडियामा देखाइएको फुटेजमा सो क्षेत्रमा कालो धुवाँको मुस्लो फैलिएको छ । बीबीसी
Views: 65

