Aamsanchar

सुनको मूल्य आज

Author Image
बिहिवार, साउन ३, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको छ। बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ। बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ।

बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२