Aamsanchar

एक किलो १०० ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्रा*उ

Author Image
बिहिवार, साउन ३, २०८१

काठमाडौं – एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो ।इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो ।उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर