Aamsanchar

ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तीन दलको निर्णय

Author Image
शुक्रवार, साउन ४, २०८१

काठमाडौं –प्रतिपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

आज सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूबीचको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

“सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो । विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने ।

प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि ओलीले प्रधानमन्त्री नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् । ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर