Aamsanchar

माधव नेपाललाई ओलीको कटाक्ष : परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन

Author Image
आइतवार, साउन ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संबिधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले भने- ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।’

यसअघि संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर