Aamsanchar

नेपाललाई भारतले यो आर्थिक वर्षमा ७ अर्ब भारु दिने

Author Image
मङ्गलवार, साउन ८, २०८१

काठमाण्डौ – भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४र०२५ मा सात अर्ब भारतीय रुपैयाँ (भारु) अनुदान दिने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदादन दिने उल्लेख गर्नुभएको हो । यो रकम चालू आर्थिक वर्षमा दिएको भन्दा ५० करोड भारतीय रुपैयाँले धेरै हो ।

भारतले आउँदो आर्थिक वर्ष भुटानलाई २० अर्ब ६८ करोड भारु अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ । यस्तै भारतको आउँदो वर्षको बजेटमा मालदिभ्सलाई चार अर्ब, म्यानमारलाई दुई अर्ब ५० करोड, श्रीलङ्कालाई दुई अर्ब ४५ करोड, अफगानिस्तानलाई दुई अर्ब, बङ्गलादेशलाई एक अर्ब २० करोड, अफ्रिकी देशलाई दुई अर्ब र मङ्गोलियालाई पाँच करोड भारु अनुदान उपलब्ध गराउने उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)