Aamsanchar

सुनकाे भाउ बढ्याे

Author Image
बुधवार, साउन ९, २०८१

काठमाडौं – नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १ हजार रुपैयाँले बढेको छ।

मंगलबार स्थिर रहेको सुनको भाउ आज १ हजार १०० रुपैयाँले बढेको हो। बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २९ पैसामा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर