Aamsanchar

युएईमा विश्व आदिवासी दिवस भव्यरुपमा मनाईदै

Author Image
बुधवार, साउन ९, २०८१

 युएई । अन्तरास्ट्रिय विश्व आदिवासी दिवस युएईमा पनि आगामी ११ अगष्टका दिन दुबई स्थित क्लब एभरेष्टको सभा हलमा विशेष कार्यक्रमका बिच भब्यताका साथ मनाउने भएको छ ।

सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर“ भन्ने मुल नाराका साथ मनाउन लागिएको “३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस २०२४ं“ को तयारी अन्तिम अवस्थामा पुगेको नेपाल आदिवसी जनजाती महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए ।

नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युएई र आवद्ध ११ वटै मात्री सस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा सबै आदिवासी जनजातिहरुको मौलिक संस्कृति झल्कने भेषभुषा सहितको झाँकी प्रस्तुत हुनेछ । साथै मौलिक संस्कृति झल्कने सामाग्री सहितको स्टल समेत रहने जानकारी नेफिन युएईका महासचिव डिके किरातिले दिए ।

उक्त कार्यक्रममा आफ्नो समाजलाई विषेश योगदान पु¥याउने हरेक मातृ संस्थाबाट सिफारिस गरिएका एक महिला र एक पुरुषलाई सम्मान गरिने छ भने सोही अवसरमा मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा हाल सम्म
तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोख्या शाखा युएई, किरात याक्थुङ्ग चुम्लुङ्ग युएई, थारु कल्याणकारी सभा युएई, नेवा पुचः युएई, शेर्पा किदुक युएई, प्रवासी भुजेल समाज सेवा समिती युएई, सुनुवार सेवा समाज शाखा युएई र माझी समाज युएई गरि ११ वटा मात्री संस्थाहरु आवद्ध रहेका छन ।

२३ डिसेम्बर १९९४ को सयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्टलाई अन्तरास्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाए अनुसार हरेक ९ अगष्टका दिन विश्व भरी यो दिवस मनाउदै आएको छ । तर वैदेशिक रोजगारमा रहेका नेपालिहरुले भने सार्वजनिक विदाको दिन पारेर अनुकुल दिनमा कार्यक्रमको आएका छन । सोही अनुसार यो वर्ष युएईमा ११अगष्टका दिन मनाउन लागिएको हो ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर