काठमाडौं –नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।
त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
1
+1
+1
+1
+1
Views: 52