Aamsanchar

सुपर ओभरबाट धाइजनले उचाल्यो उपाधि

Author Image
शनिवार, वैशाख १६, २०७४

बुधबारे ।


होक्से क्रिकेट क्लब बुद्धशान्ति १ झापाले आयोजना गरेको प्रथम झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि धाइजन क्रिकेट टिमको पोल्टामा परेको छ ।

शनिबार भएको निक्कै नै प्रतिष्पर्धात्मक खेलमा न्यु दमक क्रिकेट टिमलाई सुपर ओभरमा हराउँदै धाइजनले उपाधि आफ्नो पोल्टामा पारेको हो । टस हारेर व्याटिङको निम्तो पाएको धाइजनले २० ओभरको खेलमा १२३ रन जोडेको थियो । १२४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दमक १२३ रनमा सिमित भएपछि खेल सुपर ओभर सम्म धकेलिएको थियो ।

जित सँगै धाइजनले नगद १५ हजार र ट्रफी हात पा¥यो भने न्यु दमक ७ हजार र ट्रफीमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा म्यान अफ दि म्याच धाइजनका क्याप्टेन अशोक सुब्बा घोषित भए भने म्यान अफ दि सिरिज न्यु दमकका क्याप्टेन बोधराज आचार्यले पाए ।


होक्से क्रिकेट क्लबका अध्यक्ष धिरेन बुढाथोकीको सभापतित्व तथा खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यमा भएको खेलमा  विशेस आतिथ्य तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीमकुमार नेवार, उसु संघ झापाका उपाध्यक्ष चन्द्र कोइराला, स्थानीय समाजसेवी पूर्ण सञ्जेल, त्रिभुवन माविका व्यवस्थापन समिति अध्यक्ष पवन तिम्सिना, स्थानीय व्यवसायी भोगेन्द्र तिम्सिना लगायतले बोलेका थिए ।  होक्से क्रिकेट टिमका सचिव समन रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रम अनिल वाग्लेले संचालन गरेका थिए ।
कार्यक्रममा विजेता टिमलाई इलाका प्रहरी कार्यालय बुधबारेका सहायक प्रमुख धर्म मण्डल र ट्राफिक प्रहरी प्रमुख बुधबारेका चन्द्र राउतले चेक तथा ट्रफी संयुक्त रुपमा प्रदान गरेका थिए ।
जिल्लाका ८ टिमको सहभागीता रहेको प्रतियोगिताको फाइनल खेल अगाडी भएको सो म्याचमा होक्से कृषि सहकारी संस्था बुधबारेलाई ६ विकेटले हराउँदै पत्रकार ११ विजयी भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर