Aamsanchar

 बङ्गलादेशको आगो अब सल्कियो, पशुपति अब रणमैदानमा परिणत हुन्छ : विजयकृष्ण मूर्ति

Author Image
शनिवार, भदौ १, २०८१

काठमाडौँ । पशुपति कोटीहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्ण समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । उक्त घटनामा विजयकृष्णले आफू धार्मिक गुरु भएको बिर्सिएर   बङ्गलादेशको आगो अब सल्कियो,  पशुपति क्षेत्र रणभूमिमा परिणत हुने भनेर दिएको अभिव्यक्ति प्रति सचेत वर्ग, शान्ति प्रेमी धार्मिक व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत उक्त अभिव्यक्तिको खण्डन गरि रहेका छन् 

समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो । त्यस लगत्तै रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि विजयकृष्णका समर्थकले हातपात गरेका थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१