Aamsanchar

परीक्षण उडान गरेको पाँच वर्षसम्म पनि सञ्चालनमा आएन खोटाङको लामीडाँडा विमानस्थल

Author Image
सोमवार, भदौ ३, २०८१

खोटाङ – खोटाङको लामीडाँडा विमानस्थल कालोपत्र गरेर परीक्षण उडान गरेको पाँच वर्षसम्म पनि सञ्चालनमा आएको छैन । ६ करोड ७६ लाख ९३ हजार रुपैयाँको लगानीमा कालोपत्र सम्पन्न गरी २०७६ साल असार ३ गते परीक्षण उडान गरेको विमानस्थलमा त्यसपछि भने एउटा पनि विमान अवतरण भएको छैन ।

लामिडाँडा विमानस्थल खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी पुग्ने भक्तजनसँगै ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको हो । २०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थल कालोपत्र गर्नुअघिसम्म निकै व्यस्त विमानस्थलको रूपमा चिनिन्थ्यो ।

विमानस्थल सञ्चालनका लागि सम्बन्धित निकायमा पटक पटक अनुरोध गरेको भए पनि कसैले वास्ता नगरेका रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा रहेको थामखर्क र सदरमुकाम दिक्तेल बजार नजिक खाल्लेमा रहेको मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर