दाङ – दाङको तुलसीपुरमा रहेको दमार गाउँमा इनार सफा गर्न पसेका दुई जनाको निसासियर ज्यान गएको छ । सफा गर्न इनारभित्र पसेका तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको ज्यान गएको हो ।
उहाँहरू बिहान १० बजेतिर इनारमा पस्नुभएको थियो । तर उहाँहरूलाई भित्रै अचेत भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी पोस्ट दमार गाउँ, इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोली उद्धारमा खटिएको थियो ।
इनारभित्रै फसेका दुई जनालाई उद्धारपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । बिहान ११ बजेतिर अस्पताल पुर्याउनासाथ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 59