Aamsanchar

आज भारत बन्दको आव्हान, विहारसहितका राज्य प्रभावित

Author Image
बुधवार, भदौ ५, २०८१

काठमाडौँ । दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन् । अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ । रिपोर्टका अनुसार बिहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बिहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले दरभंगा–दिल्ली बिहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेलवे स्टेशनमा रोकेका थिए।

पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ । यहाँ निजी बस सेवा बन्द गरिएको छ ।

यस बन्दलाई समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय जनता दल (राजद) ले पनि समर्थन गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर