झापा- गौरीगञ्ज गाउँपालिका ३ मा एक वृद्धको कुहिएको शव फेला परेको छ । गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो ।
घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युबवेलमा मण्डल मृत अवस्थामा फेला परेका हुन् । उनको शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले शनिबार बिहान ८ः४५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाह, वडा नं.३ का अध्यक्ष श्रवण गिरी, स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई मुचुल्का प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमकतर्फ लाने तयारी भइरहेको जनाइएको छ ।
चार–पाँच दिन अगाडि मण्डलको मृत्यु भएको हुनसक्ने शवको स्थितिबाट देखिएको छ । मण्डल दिनहुँ मादक पदार्थ खाएर हिँड्ने गरेको स्थानीयले बताउँदै आएका छन् ।