

मोरङ- विराटनगर महानगरपालिका–१८, राजाविराट चोकबाट प्रहरीले ७२ किलो लागुऔषध गाँजा बरामद गरेको छ । आईसीपी सडकखण्डबाट कारमा राखेर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।

गएराति गस्तीमा खटिएको प्रहरी टोलीले डब्लूबी१८यू१०७१ नम्बरको कारलाई रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा कारमा लुकाएर राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानी मोरङले गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जोगबनीका ४० वर्षीय बैजनाथ रजक, पप्पु रजक र आलोककुमार रजक छन् ।

Views: 86


