Aamsanchar

जापानमा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने

Author Image
सोमवार, भदौ १०, २०८१

टोकियो – जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ । मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ ।

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवा अवरुद्ध भएको छ । भारी वर्षाले प्रशान्त तटमा क्षति पुगेको छ ।

यो क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख थियो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर