काठमाडौं – ललितपुर प्रहरीले लागुऔषध ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिका–१, तिमल्सिना चोकमा रहेको चियाचु क्याफेबाट उनीहरूलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा महालक्ष्मीको सानागाउँका २९ वर्षीया सविना महर्जन, सोहीका समीत राजवंशी, अमुल पोखरेल र गोदावरी नगरपालिका–७ का पदम लामा छन् ।
उनीहरूको साथबाट प्रहरीले ७० पत्ता ट्रामाडोल र एक थान खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 97