Aamsanchar

साविक विजेता भारतलाई हराउँदै बङ्गलादेश साफ फुटबलको फाईनलमा

Author Image
सोमवार, भदौ १०, २०८१

काठमाण्डौ – साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

अब बङ्गलादेशले उपाधिका लागि पर्सि बुधवार नेपालसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेको थियो । फाइनल खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर