Aamsanchar

रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्न ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन हुने

Author Image
बुधवार, भदौ १२, २०८१

ताप्लेजुङ – रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

हिमाली संरक्षण मञ्चको संयोजनमा आउँदो असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दुरी पूरा गर्नुपर्ने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । म्याराथनको मार्ग रेडपाण्डाको मुख्य बासस्थान पाथीभरा क्षेत्रमा तय गरिएको छ ।

फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुन स् फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दुरी पूरा हुनेछ ।

कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको संयोजक राईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर